प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभा र प्रदेशसभाा निर्वाचनमा गठबन्धन गर्न तुलनात्मक रुपमा सहज हुन्छ : माधव नेपाल

806
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दल बीच स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा र प्रदेशसभाा निर्वाचनमा गठबन्धन गर्न सहज हुने बताएका छन् । आइतबार विभिन्न सञ्चार माध्यम सँगको छलफलमा अध्यक्ष नेपालले स्थानीय तहमा गठबन्धन बढी पेचिलो भएको, तर प्रतिनिधिसभा र प्रदेशसभामा तुलनात्मक रुपमा सजिलो हुने बताएका हुन् ।

‘गठबन्धन गर्न स्थानीय तहमा बढी पेचिलो भयो’ उनले भने, ‘तुलनात्मक रुपमा माथि सजिलो छ । किनभने प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० सिट छ ।’ अध्यक्ष नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्म अहिलेकै सत्तारुढ दल बीच गठबन्धन हुने बताए ।

‘अहिलेको निर्वाचन प्रणालीले नै एक भन्दा बढी पार्टी मिलेर सरकार बनाउनुपर्ने दिशा तर्फ मुलुकको राजनीति अघि बढिरहेको छ’ उनले भने, ‘आगामी चुनाव सम्म गठबन्धन कायम रहन्छ नै त्यसपछि पनि अघि बढाएर लानुपर्ने आवश्यकता छ ।’ चुनावपछि पनि गठबन्धन अघि बढाउने विषयमा दलहरु बीच छलफल भइरहेको उनको भनाइ छ ।

नेकपा एमालेले संसद विघटन गरेकामा गल्ती महसुस नगरेकाले तत्काल तालमेल वा गठबन्धन हुने सम्भावना नरहेको पनि अध्यक्ष नेपालले बताए । ‘त्यो पक्षले आफ्नो गल्ती कमजोरी कति महसुस गरेको छ ? त्यो कोण बाट हेर्दा कहिँ पनि रियलाइजेसन देखिएन, जे गरियो गज्जब गरियो भन्ने देखिन्छ’ उनले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports