सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माधव समूहले ढाल्ला त सरकार

520
shares

काठमाडौ । सत्ताधारी दल नेकपा एमालेभित्र देखिएको आन्तरिक द्वन्द्वले गर्दा प्रधानममन्त्री ओलीले यहि बैशाख २७ गते लिने भनिएको विश्वासको मत पछिको एमालेको अवस्था के हुने भन्नेमा अन्यौल देखिएको छ । एमालेको माधव, झलनाथ खनाल पक्षले प्रधानमन्त्री ओलीले विश्वासको मत लिएपछि आफूहरुलाई कारबाही हुन सक्ने भन्दै पहिला नै सांसद पदबाटै राजिनामा दिने विषयमा बहस सुरु गरेका छन् ।

त्यसरी राजिनामा दिनु परेको खण्डमा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका सांसदहरुले राजिनामा दिन सक्ने भन्दै आफ्नो पक्षमा सांसदहरुसँग माधव नेपाल समूहले छलफल चलाएको छ । नेपाल खनाल पक्षमा रहेका भनिएका ३५ सांसद मध्येका २२ जना प्रत्यक्ष निर्वाचित सांसद रहेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले यस अघि नै तपाईहरुलाई किन कारबाही नगर्ने भन्दै ३० जनतालाई स्पष्टीकरण सोधिसकेका छन् । समानुपातिक सांसदले राजिनामा दिएको खण्डमा तत्काल फेरी समानुपातिक सांसद बनाउन सक्ने आंकलन गरेर उनीहरुले भन्ने राजिनामा नदिने भएका छन् ।

माओवादी केन्द्रको समर्थनमा सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीले पटक पटक आफूलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई ठाडो चुनौती दिँदै आएका थिए । माओवादी केन्द्रले नयाँ सरकार निर्माण हुने ग्यारेन्टी नभएसम्म समर्थन फिर्ता नलिने भनेर त्यसै बसेको थियो । तर माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् । आफू अल्पमतमा पर्नु अघि नै प्रधानमन्त्री ओलीले संसदबाट आफुले विश्वासको मत लिने घोषणा गरिसकेका थिए ।

प्रधानमन्त्री ओलीले बजेट र सरकारको नीति तथा कार्यक्रमलाई मध्यनजर गर्दै विश्वासको मत लिने घोषणा गरेका छन् । बजेट अधिवेशनमा आफूले पेश गरेको कार्यक्रम नै पास हुन नदिने रणनीतिमा विपक्षीहरु लागेका हुनाले नै ओलीले विश्वासको मत लिनैका लागि यहि २७ गते संसदको अधिवेशन बोलाउने निर्णय गरेर अधिवेशन बोलाएका छन् । कांग्रेस र माओवादी केन्द्रले ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका भएपनि जनता समाजवादी पार्टीले भने औपचारिक रुपमा केही निर्णय गर्न सकेको छैन ।

नेकपा एमालेका अहिले संसदमा १ सय २१ सांसद रहेका र जसपाका धटिमा १४ सांसदले विश्वासको मत दिएको खण्डमा ओली सरकारले नै निरन्तरता पाउन सक्छ त्यसका लागि ओलीलाई नेकपा एमालेका सबै सांसदले पक्षमा मत दिनुपर्ने हुन्छ तर माधव झलनाथ खनाल पक्षले फ्लोर क्रस गरेर विपक्षीहरुलाई सघाएको खण्डमा ओली सरकार ढल्न सक्छ ।

माधव समूहका केही सांसदहरुले फ्लोर क्रस गरेर विपक्षीहरुलाई सघाउँदा आफ्नो बद्नाम हुने भएकाले ओली सरकारलाई ढाल्न बरु राजिनामा नै दिन सक्ने भएकाले यहि २७ गते ओली सरकारको निरन्तरता वा कांग्रेस नेतृत्वको सरकार भने निर्णय हुन सक्छ । जसपाका सबै सांसदहरुले विपक्षमा मतदान नगरेको खण्डमा नयाँ समिकरण बन्न सक्ने सम्भावना नै देखिएको छैन । के माधव समूहले आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकार ढाल्लान् त भन्ने प्रश्न समेत उठेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports