एमालेले पार्टी केन्द्रीय कमिटी बैठक तत्काल नबोलाउने
वि.सं.२०७९ असार ८ बुधवार १२:१९
shares

काठमाडौं ।प्रमुख विपक्षी दल नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी बैठक तत्काल नबोलाउने भएको छ । गएको ३० जेठमा सचिवालयको बैठक बसेको थियो ।
पार्टीभित्र अन्तर्घात भएको र सत्तारुढ दलहरुले गठबन्धन गरेकाले सिट संख्या घटेपनि एमाले प्रमुख शक्तिमा कायमै रहेको निष्कर्ष सचिवालय बैठकले निकालेको थियो ।
तर चुनावबारे स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा भने छलफल भएको छैन । अध्यक्ष केपी शर्मा ओली निकट एक नेताका अनुसार, तत्काल कुनै पनि बैठक नराखिने भएको छ । ‘असार अन्तिम वा साउन पहिलो सातातिर बैठक बस्न सक्छ । तत्काल बस्ने अवस्था देखिदैन’, ती नेताले भने ।




































