रवि लामिछाने विरूद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरी पर्यो
वि.सं.२०७९ असार ८ बुधवार १४:२४
shares

काठमाडौं ।निर्वाचन आयोगमा संचारकर्मी रवि लामिछाने विरुद्ध अर्को पनि उजुरी परेको छ। स्वतन्त्र उम्मेदवारको विमति राख्दै काभ्रेमा गोकुल बास्कोटा सँग निर्वाचन लड्ने घोषणा गरेका मनोज पण्डित, विश्व साइकल यात्री पुष्कर शाह, राष्ट्रिय पोशाक अभियानका अभियन्ता राजकुमार बजगाईंले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई उजुरी पेश गरेका हुन्।
‘स्वतन्त्र’ नामले स्वतन्त्र अभियानमा असर पुर्याएको भन्दै उनीहरुले सो पार्टीको दल दर्ता रोक्न माग गर्दै उजुरी दिएका हुन्। यसअघि स्वतन्त्र उम्मेदवारी अभियानले पनि उजुरी दिएको थियो।







































