२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एसका ४ मन्त्री सहित १० सांसदले माग गरे संसदीय दलको बैठक

1.18K
shares

काठमाडौं ।पार्टीको तर्फ बाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णयले अप्ठेरोमा परेको नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक शुरु भएको छ । शनिवार बस्ने केन्द्रीय कमिटीको बैठकअघि सचिवालयको बैठक बसेको हो ।

पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा शुरू बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । स्थानीय तह चुनावको समीक्षा र प्रतिनिधि सभा चुनावको रणनीति बनाउन बैठक बसेको हो । चुनावको समीक्षा भनिए पनि मन्त्री फिर्ता बोलाउने निर्णयका कारण मुख्य विषय छायाँमा परेको छ ।

बैठक शुरू गर्दै अध्यक्ष नेपालले पार्टी सही दिशामा अघि बढेको बताए । उनले कुनै पनि नीति तय गर्दा परिस्थितिको ठोस विश्लेषण गरेर अगाडि बढ्ने बताए । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा सरकारमा सहभागी चार मन्त्री सहित १० जना सांसदले संसदीय दलको बैठक माग गरेका छन् । चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुँदा गठन भएको एक वर्ष नपुग्दै नेकपा एस गम्भीर विवादमा फसेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports