२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल प्रहरीमा ३२ एसएसपीको दरबन्दी रित्त

871
shares

काठमाडौं ।नेपाल प्रहरीमा डीआईजी बढुवा सिफारिस भए सँगै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ३२ वटा दरबन्दी रिक्त भएको छ । असार ८ मा गृहसचिव नेतृत्वको बढुवा समितिले १७ जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिस अनुसार एक सातापछि गृहमन्त्रीले डीआईजी पदमा नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

डीआईजी सिफारिस गरे सँगै प्रहरीको जनपदतर्फ ३२ वटा एसएसपीको दरबन्दीमा बढुवा हुन तिब्र प्रतिस्पर्धा शुरु भएको छ । प्रतिस्पर्धामा राष्ट्रिय अनुसन्धान बाट सेवा परिवर्तन गरेर प्रहरीमा आएका र २०५४ मा सेवा प्रवेश गर्नेहरुको बीचमा प्रतिस्पर्धा छ ।

कञ्चनपुरमा हत्या गरिएकी निर्मला पन्त प्रकरणमा निलम्बन परेर मुद्दा जितेका एसपी डिल्लीराज विष्ट पनि बढुवाको प्रतिस्पर्धामा छन् । २०५१ चैत ५ मा सेवा प्रवेश गरेका विष्ट बरियता सूचीको पहिलो नम्बरमा छन् । राष्ट्रिय अनुसन्धान बाट आएका अधिकृतहरु बरियताको सूचीमा अगाडि छन् । सिद्धिबिक्रम शाह मेरिट लिस्टमा दुई नम्बरमा छन् । वरिष्ठ उपरीक्षकमा बढुवा हुन सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, गणेश चन्द, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालकुमार श्रेष्ठ र विमल बस्नेत प्रतिस्पर्धामा छन् । सिद्धिविक्रम शाह सहितका अधिकृतहरु २०५३ पुसमा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएका थिए । गणेश चन्द २०५१ चैतमा सेवा प्रवेश गरेका हुन् ।

वरिष्ठ उपरीक्षकमा बढुवा हुन २०५४ चैतमा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी र दानबहादुर कार्की सहितका अधिकृतहरु प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धामा रहेका दानबहादुर कार्की र मनोज केसी प्रहरीमा काविल अफिसरको रुपमा चिनिन्छन् ।

केदार रजौरे, रेवती ढकाल, दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट, मनोज कुमार यादव, किसनसिंह थापा, गोविन्द थपलिया, सुदर्शन कोइराला, विनोद घिमिरे, जीवन कुमार श्रेष्ठ, दिपक रेग्मी, दीपककुमार बस्नेत, जयराम सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दिपेन्द्र जिसी, रामेश्वर यादव, दिलीपसिंह देउवा र सञ्जिव शर्मा दास प्रतिस्पर्धामा छन् । बढुवा प्रतिस्पर्धामा रहेकाहरु २०७४ साउन १९ मा डीएसपीबाट एसपीमा बढुवा भएका थिए ।
ओमबहादुर राना, सुरेन्द्र गुरुङ, मनोजकुमार यादव, रामेश्वरप्रसाद यादव, लोकेन्द्र श्रेष्ठ र दिलीपसिंह देउवा प्रहरीमा ‘विवादित अधिकृत’को रुपमा चिनिन्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहँदा दिनेशकुमार आचार्यलाई ‘अनुसन्धानमा लापरवाही गरेको’ भन्दै कारवाही गर्न आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो ।

मनोजकुमार यादव, विनोद घिमिरे, दिपककुमार बस्नेत, शारदाप्रसाद चौधरी, दिपेन्द्र जिसी, रामेश्वरप्रसाद यादव, दिलिप सिंह देउवा र सञ्जिव शर्मा दास राष्ट्रिय अनुसन्धान विभाग बाट प्रहरीमा प्रवेश गरेका हुन् । बढुवा समितिले विवादित र कारवाहीमा परेका अधिकृतहरूलाई अवसर नदिए २०५६ मा प्रहरी निरीक्षक बाट सेवा प्रवेश गरेका विश्व अधिकारी सहितका ब्याचमेटहरुले अवसर पाउनेछन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports