kumari
stcnepal

नागरिकता प्रकरणमा कांग्रेस, एमाले र माओवादी नै दोषी

काठमाडौ । २०७२ सालमा संविधान निर्माण गर्दा विश्वकै उत्कृष्ट संविधान निर्णय ग¥यौं भन्दै ठुला ठुला डंक पिट्नेहरु अहिले त्यही संविधानको विरोधमा उत्रिएका छन् । संविधान निर्माण गर्दा तत्कालीन संविधानसभाले गरेको गल्तीले गर्दा अहिले मुलुक संकटको घेरामा परेको छ । हिजो संविधान निर्माण गर्ने राजनीतिक दलहरु नै अहिले सत्तामा र प्रमुख विपक्षी दलमा रहेका छन् । अहिले तिनै संविधान निर्माण गर्ने दलहरु र स्वघोषित नागरिक समाज बुद्धिजीवि भनाउँदाहरुले न्रै संविधानमा भएका व्यवस्थाको विरोध गरिरहेका छन् । हिजो उनीहरुले नै संविधानको स्वागत गर्दै विश्वकै उत्कृष्ट संविधान निर्माण गरेको भन्दै दलहरुलाई धन्यवाद दिएका थिए । अहिले फेरी उनीहरुले संविधानमा भएका प्रावधानहरुलाई लागु गर्न खोज्दा अनेक प्रकारका तर्कहरु अघि सार्दै सरकारको विरोध गर्नुको औचित्य नेपाली जनताले बुझ्न सकेका छैनन् ।
संविधानको धारा ११ मा नागरिकता सम्बन्धी व्यवस्था गरिएको छ । त्यही व्यवस्थालाई अध्यादेश मार्फत जस्ताको तस्तै लागु गर्न खोज्दा अध्यादेशको विरोध गर्नेहरुले किन संविधानको विरोध गर्न सकेका छैनन् ? हिजो संविधान निर्माण हुँदै गर्दा हामीले संविधानमा व्यवस्था गरिएका कतिपय प्रावधान र नागरिकता सम्बन्धी राखिएका प्राब्धानहरुको विरोध गरेका थियौ । त्यसबेला आफूहरुलाई स्वघोषित नागरिक समाजका अगुवा भन्ने र बुद्धिजीवि भन्नेहरु कुन दुलोमा पसेका थिए ? कांग्रेस, एमाले, माओवादीको बलकै कारण संविधानमा केही राष्ट्रघाती प्रावधानहरु नागरिक सम्बन्धी विषयमा राखिएका छन् । संविधान निर्माण भै लागु भएको पाँच वर्ष पूरा भएपनि संविधानका कतिपय प्रावधानहरु लागु हुन नसकेको हुनाले नागरिकताको विषयमा सरकारले अध्यादेशमार्फत नागरिकतासम्बन्धी कार्यलाई अघि बढाउन खोजेको छ ।
कुनैपनि नेपाली नागरिक नेपाली नागरिकता विहिन हुनुहँदैन र कुनै पनि विदेशी नागरिकले नेपाली नागरिकता पाउनु हुँदैन यो सबै नेपाली जनताको माग हो । तर संविधान निर्माण गर्दा नै जनताका राय सुझावलाई रद्दीको टोकरीमा फ्याकेर नागरिकता सम्बन्धी अनेक प्रावधान राखिएका छन् । संविधानको धारा ११ का कतिपय दफा उपदफाहरु राष्ट्रघाती रहेका छन् । अहिले सरकारले त त्यही संविधानको धारा ११ को दफा उपदफामा व्यवस्था गरिएका प्रावधानहरुलाई अध्यादेशमार्फत लागु गर्न मात्र खोजेको हुनाले ओली सरकारले राष्ट्रघात ग¥यौँ भनेर भन्नुको कुनै अर्थ रहँदैन । हिजो संविधान निर्माण गर्दा नै कांग्रेस, एमाले र माओवादी केन्द्रले राष्ट्रघात गरेका छन् । अहिले आएर कांग्रेस र माओवादी केन्द्रले हिजो आफूले गरेका अपराधलाई नेकपा एमालेको ओली सरकारलाई मात्र दोष लगाउन खोज्नु आफूहरु अपराधबाट बच्न खोज्नु बाहेक अन्य केही हुन सक्दैन । हिजो संविधान निर्माण गर्दा अपराध गर्ने कांग्रेस, नेकपा, एमाले र माओवादी केन्द्र सबै नागरिकता सम्बन्धी उत्तिकै दोषी रहेका छन् । ओली सरकारले त संंिवधानमा व्यवस्था भएका प्रावधानलाई जनतासामू ल्याईदिएको मात्र हो । त्यसैले ऊ मात्र दोषी होइन सबै दोषी हुन् ।

footer