२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हेटौडा उपमहानगरपालिकाको बजेट आज आउने, एमाले सँग सहमति

910
shares

हेटौंडा । एमालेको विरोध पछि शुक्रबार स्थगित हेटौंडा उपमहानगरपालिकाको नगरसभा आज हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामा तथा उपमेयर राजेश बानियाँले बहुमत कार्यपालिका र नगरसभा सदस्यलाई जानकारी नगराई बजेट प्रस्तुत गर्न लागेको भन्दै एमालेले विरोध गरेको थियो । विरोधपछि स्थगित नगरसभा गर्नेबारे मेयर र उपमेयरले एमाले सँग तीन बुँदे सहमति गरेका छन् ।

नेकपा एमाले हेटौंडा उपमहानगरपालिका दलका प्रमुख सचेतक सुनिल मोक्तानले आफूहरुको माग सम्बन्धमा नगर प्रमुख र उपप्रमुखले तीनबुँदे सहमति गरेको जानकारी दिए । सहमतिको पहिलो बुँदामा नेकपा एमाले सम्बद्व ५४ जना सदस्यले पेश गरेको संशोधन प्रस्ताव नगरसभापछि कानूनी परामर्श गरी प्रक्रिया अगाडि बढाउने उल्लेख छ । दोस्रो बुँदामा विषयगत समितिहरू सहमतिको आधारमा गठन गर्ने र तेस्रो बुँदामा बजेट निर्माणमा सामूहिक छलफलबाट टुङ्गो लगाउने उल्लेख छ ।

हेटाैंडा उपमहानगरपालिकाकाे नगरसभामा एमालेकाे बहुमत रहेकाे छ । सहमति भए सँगै स्थगित नगरसभा आइतबार दिउँसो ३ बजे बाट सुरु हुने उपमहानगरपालिकाले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports