२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १० पुग्यो

715
shares

काठमाडौं ।काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १० पुगेको छ । नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

कार्यालय स्रोतका अनुसार पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । तर, कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने भने कल्चर रिपोर्ट पनि पोजिटिभ देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको छ ।

जनस्वास्थ्यविद्हरुले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नु हैजा महामारीकै रुपमा फैलन सक्ने पूर्वसंकेत देखिएको बताएका छन् । आइतबार बाट जिल्ला प्रशासन कार्यालय काठमाडौंले वितरण हुने जार, बोतल तथा टयांकर व्यवसायीहरुको वितरित पानी गुणस्तर अनुगमन गर्ने भएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports