२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरको शपथ ग्रहण

715
shares

काठमाडौं ।फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले मनिला शहरमा हजारौं मानिसहरूका बीच शपथ ग्रहण गरेका छन् । मार्कोस जुनियर भनेर चिनिने ६४ वर्षका उनको सपथग्रहण समारोहमा मनिलाको राष्ट्रिय सङ्ग्रहालयमा सयौं स्वदेशी तथा विदेशी प्रतिष्ठित उपस्थित थिए ।

चिनियाँ उपराष्ट्रपति वाङ किशान र संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् डग एमहोफ लगायतका विदेशी व्यक्तिले शपथ ग्रहण समारोहमा उपस्थिति जनाएका थिए ।

मार्कोसले वर्तमान उपराष्ट्रपति मारिया लियोनोर रोब्रेडोलाई पराजित गरेर राष्ट्रपति निर्वाचित भएका हुन् ।बोङ्बोङ भनेर चिनिने उनी पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा हुन् । मार्कोसले फिलिपिन्समा दुई दशक शासन गरेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports