२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेस प्रदेश सरकारले लोककल्याणकारी बिज्ञापन दिने, पत्रकारहरूको विमा पनि गर्ने निर्णय

910
shares

जनकपुरधाम ।मधेस सरकारले मधेस प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि २०७९ र मधेस प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि २०७९ स्वीकृत गरेको छ । आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले विज्ञप्ति जारी गर्दै यी दुई विधेयक मधेस सरकारको मन्त्रिपरिषद्ले स्वीकृत गरेको जानकारी दिए ।

उनका अनुसार आमसञ्चार प्राधिकरणले प्रस्तावित दुबै मस्यौदा गृह तथा सञ्चार मन्त्रालय बाट मन्त्रीस्तरीय निर्णय भई अर्थ मन्त्रालय र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय बाट समेत स्वीकृत भइसकेको छ । मन्त्रीस्तरीय निर्णयपछि असार ८ गते स्वीकृतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरिएको उनले जानकारी दिए ।

लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि स्वीकृत भएपछि मधेस प्रदेशमा सञ्चालित मापदण्ड पुगेका पत्रपत्रिका, एफएम र रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमहरुले मधेस सरकारको लोकहितका विज्ञापन एवम् सूचनाहरु प्राप्त गर्ने भएका छन् । त्यस्ता विज्ञापन एवम् सूचनाहरु सञ्चारमाध्यमहरुले प्रकाशन/प्रशारण गरे वापत आमसञ्चार प्राधिकरण बाट कार्यविधिमा तोकिए बमोजिम भुक्तानी उपलब्ध गराइनेछ ।

यस्तै मधेसका जिल्लामा कार्यक्षेत्र बनाएर काम गर्दै आएका पत्रकारको बीमा गरिने भएको छ । बीमा कार्यक्रममा सहभागी पत्रकारले वर्षमा एक पटक एक लाख रुपैयाँसम्मको औषधोपचार खर्च पाउनेछन् । सात लाख रुपैयाँ सम्मको दुर्घटना बीमा गरिने दुर्घटना बीमा कार्यविधि २०७९ मा उल्लेख छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports