सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ठाकुर र यादव अलग अलग हुने

416
shares

काठमाडौ । तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर गठन भएको जनता समाजवादी पार्टीभित्रको आन्तिरक द्वन्द्वले गर्दा जसपा विभाजनको अवस्थामा पुगेको छ । एक वर्षअघि दुई पार्टी एकीकरण भएपनि अहिलेसम्म पार्टीले पूर्णता पाउन सकेको छैन भने पार्टीले संसदीय दलको नेतासम्म चयन गर्न नसकिरहेको अवस्थामा पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले केही दिनअघि राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएका थिए तर पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव सहितका अन्य केही नेताहरुले महतोलाई नेता स्वीकार गर्न नसकिने भन्दै त्यसको विरोध गर्दै आएका छन् ।
जसपाभित्र प्रधानमन्त्री केपी आलीलाई समर्थन गर्नै कि कांग्रेस, माओवादी गठवन्धनलाई समर्थन गर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो । ठाकुर पक्षले सरकारले आफुहरुले उठाउँदै आएका मागहरु पूरा गरिदिएको र नागरिकतासम्बन्धि अध्यादेश ल्याएर तराईमा नागरिकता विहिन भएका व्यक्तिहरुलाई सहज रुपमा नेपाली नागरिकता पाउने बाटो खोलिदिएको भन्दै ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने जनाएको छ । अर्कोतर्फ उपेन्द्र यादव पक्षले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको भन्दै आली सरकारलाई हटाउनुपर्ने अडान लिएको छ । त्यही कारण उपेन्द्र यादव पक्ष काग्रेस माओवादी र माधव नेपाल पक्षको गठबन्धमा पुगेका छ ।

जसपाका संघीय परिषद्का अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराई पनि कुनै हालतमा प्रधानमन्त्री ओली लाई हटाई छाड्ने पक्षमा रहेका छन् । त्यही कारण अध्यक्ष यादव र भट्टराई एकै ठाउमा उभिन पुगेका छन् ।
पछिल्लो समयमा जसपाभित्र एकले अर्कोलाई स्पष्टिकरण सोध्ने देखि लिएर पार्टीबाटै एकले अर्कोलाई हटाउने चलखेल समेत भएको छ । जसपाको कार्यकारीणी समितिमा उपेन्द्र यादव पक्ष बहुमतमा रहेका छन् भने तत्कालीन संसदीय दलमा महन्थ ठाकुर पक्षमा बहुमतमा रहेको थियो । त्यही कारणले गर्दा काग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा जसपाका उपेन्द्र पक्षका १२ जना सांसदले मात्र हस्ताक्षर गरेका थिए ।

जसपाको ३४ सांसद भएपनि यादव र ठाकुर पक्षका एक एक सांसद निलम्बनमा परेका हुनाले जसपाका ३२ सांसद रहेकोमा पछिल्लो समयमा ठाकुरका पक्षमा २० सांसद रहेका थिए । संसदीय दलको बहुमत आफ्नो पक्षमा रहेकोले राजेन्द्र महत्तोलाई संसदीय दलको नेता बनेका थिए । तर यादव पक्षले त्यसलाई ठाडै अस्वीकार गर्दे ठाकुर लगायतका चार जनालाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो । आफुहरुलाई स्पष्टिकरण सोधेपछि ठाकुरले समेत उपेन्द्र यादव सहितका केही नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको हुनाले अब जसपा विभाजनको अवस्थामा पुगेको छ ।

पार्टीको ५१ सदस्यीय कार्यकारीणी समितिमा ठाकुर पक्ष अल्पमतमा परेका भएपनि पार्टी नै विभाजन हुने अवस्था आएको खण्डमा केही केन्द्रीय सांसदरु भने ठाकुर पक्षमा लाग्न सक्ने ठाकुर पक्षको भनाई रहेको छ । नेपालका राजनितिक दलहरु विभाजन हुन सैद्धान्तिक कुरा चाहिदैन । सत्ता सघर्ष र पदकै लागि राजनितिक दलहरु विभाजन हुने गरेको नेपालको इतिहासमा साक्षी रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports