प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा एमसीसी बारे बहस नहुने

624
shares

काठमाडौं ।आइतबार देखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी बारे बहस नहुने भएको छ ।

१२ बुँदे ब्याख्यात्मक घोषणा सहित एमसीसी संसद बाट अनुमोदन भएपछि नारायणकाजी श्रेष्ठ सहितका नेताहरुले असन्तुष्टि जनाएका छन् । श्रेष्ठ समूहमा छुट्टै पार्टी बनाउने विषयमा समेत छलफल हुन थालेपछि प्रचण्डले स्थानीय चुनावपछि २० जेठमा केन्द्रीय कमिटी बैठक बोलाउने, एमसीसी बारे बहस गर्ने र फरक मत आए तल्लो तह सम्म लगेर छलफल गर्न दिने सहमति गरेका थिए ।

२० जेठको बैठक पटकपटक सर्दै आइतबार देखि सुरु भएको छ । तर एमसीसी बारे बहस एजेण्डामा नै परेन । प्रचण्डले ९ बुँदे एजेण्डा अघि सारेका छन्, जसमा चुनावको समीक्षा, संगठनात्मक विषय आदि छन् । स्रोतका अनुसार प्रचण्डले श्रेष्ठ समूहका नेतारुलाई एमसीसी बारे अलि पछाडि छलफल गरौंला भन्ने आश्वासन दिएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports