प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राहादानी बिभागले भन्यो १५ दिन भित्रमा जिल्लामा पासपोर्ट पुग्छ, काठमाडौं नआउनुहोस

806
shares

काठमाडौं ।राहदानी विभागले अत्यावश्यक बाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं नआउन अनुरोध गरेको छ । एक सूचना जारी गर्दै विभागले जिल्ला प्रशासन कार्यालयहरु बाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको बताएको छ ।

‘काठमाडौं उपत्यका भित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ,’ विभागले सूचनामा भनेको छ, ‘अत्यन्त जरुरी परेका सेवाग्राहीहरुले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालय बाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनु हुन सेवाग्राहीमा अनुरोध छ ।’

विभाग राहदानी लिने सेवाग्राहीहरुको संख्या विगत ३ महिना देखि उल्लेख्य रुपमा बढिरहेको छ । धेरै सेवाग्राहीलाई सेवा दिन क्षमता बढाउने, सबै जिल्ला प्रशासन कार्यालयहरु र १७ वटा इलाका प्रशासन कार्यालयहरु बाट समेत नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाएको विभागले जानकारी दिएको छ ।

‘विभागले विद्युतीय राहदानी प्रणालीमा समय सापेक्ष अद्यावद्यिक गर्नुका साथै अनलाइन प्रणालीको निरन्तर सुधार गरिरहेको छ । साथै, विभागले सार्वजनिक बिदाको दिनमा समेत सेवाग्राहीहरुलाई सेवा दिएको छ,’ सूचनामा भनिएको छ । राहदानी विभागले प्रत्येक दिन बिहान ९ बजे देखि साँझ ६ बजे सम्म सेवा दिइरहेको बताएको छ ।

राहदानी तयार भएपछि लिन आउनेको संख्या र अन्य इमर्जेन्सी कार्यको लागि गरी दैनिक ५ हजार भन्दा बढी सेवाग्राहीहरुलाई सेवा दिइरहेको विभागको दावी छ । विभागले हाल दैनिक रुपमा ६ हजार ५०० राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको जानकारी पनि दिएको छ ।

सुरुमा २–३ महिना सम्म लाग्ने सेवा प्रवाहको समय घटाएर हाल १ हप्ता भित्रै सेवा प्राप्त गर्न सक्ने प्रवन्ध मिलाइ सकिएको विभागले जनाएको छ । विभागले प्रत्येक दिन २ हजार ४०० जनाले अनलाइन बाट फाराम भर्न सक्ने र फाराम भरिसकेपछि तुरुन्त १ देखि ४ दिन भित्र विभागमा राहदानी फाराम बुझाउन सक्ने र आवेदन गरेपछि २ कार्यदिनमा राहदानी प्राप्त गर्ने व्यवस्था मिलाएको सूचनमा उल्लेख छ ।

‘सबै सेवाग्राहीहरु बिहान एकै पटक आउँदा विभागमा उल्लेख्य भीड हुने भएकोले आवेदन फाराममा उल्लेख भएको मिति र समयमा मात्र विभागमा आउनुहुन पनि हार्दिक अनुरोध छ’ सूचनामा भनिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports