प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सहसचिव चुडामणि शर्माको मुद्धा आज पनि हेर्न नभ्याईनेमा

741
shares

काठमाडौं ।राजश्व चुहावट र गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी अभियोगमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएका सहसचिव चूडामणि शर्मा ढकालको मुद्दा हेर्न नभ्याउनेमा परेको छ । विशेष अदालतमा आइतबार पेसी सूचीको दोस्रो नम्बरमा रहे पनि पहिलो नम्बरको मुद्दा नसकिएका कारण उनको मुद्दा हेर्न नभ्याउनेमा राखिएको हो ।

विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार दिनेश अर्याल प्रतिवादी रहेको मुद्दाको सुनुवाइ भइरहेको र उक्त मुद्दाको सुनुवाइ नसकिएको कारण सहसचिव शर्माको मुद्दा हेर्न नभ्याउने सूचीमा परेको हो । तत्कालीन कर फर्स्योट आयोगको सदस्यसचिव रहेका शर्माले कर मिनाहा गर्दा अरबौं रकमको भ्रष्टाचार गरेको र गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै २०७४ साल साउन १ गते अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । त्यस लगत्तै उनी निलम्बनमा परेका छन् । शर्मा सँगै तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल माथि पनि अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

विशेष अदालतमा परेका भ्रष्टाचारको तीन मुद्दालाई लगाउमा राखी आइतबार बाट एकै साथ सुनुवाइ गर्ने तयारी गरिएको थियो । शर्मा विरुद्ध कर फर्स्योट आयोगले गरेको निर्णयमा आधारित भएर राजश्व चुहावट सम्बन्धी दुई र गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी एउटा मुद्दा परेको थियो । लामो समय देखि पेसीमै नचढ्ने र चढे पनि हेर्न नभ्याइने सूचीमा पर्ने गरेको ती मुद्दा आइतबार बाट नियमित सुनुवाइमा लैजाने तयारी थियो । यद्यपि आइतबार पनि ती मुद्दा हेर्न नभ्याउने सूचीमा परेका हुन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports