प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोभ्याक्स सुविधा मार्फत बालबालिकाका लागि थप २३ लाख खोप काठमाडौं आइपुग्यो

715
shares

काठमाडौं ।५ देखि ११ वर्ष सम्मका बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको करिब थप २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले कोभ्याक्स सुविधा मार्फत २२ लाख ९९ हजार २ सय मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको बताए ।

चौरासियाका अनुसार खोप अभियान सञ्चालन गरिएका २७ जिल्ला पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई सो खोप दिइनेछ । बाँकी दोस्रो मात्राका लागि राखिनेछ । यसभन्दा अगाडि कोभ्याक्स सुविधामार्फत २२ लाख ३ हजार २ सय मात्रा खोप नेपाल आएको थियो । ५ देखि ११ बर्ष सम्मका ३९ लाख बालबालिकालाई ८४ लाख डोज कोभ्याक्स सुविधा मार्फत नेपाललाई चार पटक गरी उपलब्ध गराउने छ ।

पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गते सम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकी ५० वटा जिल्ला भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशैभरका विद्यालयमा खोप केन्द्र तोकी खोप कार्यक्रम सञ्चालन हुनेछ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ । फाइजर खोपको पूर्ण रूपमा कायम गर्न अल्ट्रा कोल्डचेन (माइनस ४४ देखि माइनस ८० डिग्री सेल्सियस) तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । फाइजरलाई माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा ३१ दिनसम्म मात्रै भण्डारण गर्न सकिन्छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports