२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बञ्चरेडाँडा – सिसडोलका स्थानीयले फिर्ता लिए फोहर फाल्न नदिने आन्दोलन

1.07K
shares

काठमाडौं ।सिसडोल–बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले काठमाडौं उपत्यकाको फोहोर माथिको अवरोध र आन्दोलन फिर्ता लिएका छन् । मन्त्रिपरिषद्को निर्णय निर्देशन र सहरी विकास मन्त्रालयले कार्यान्वयन गर्न दुई महना भित्र सबै समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरे सँगै आन्दोलन फिर्ता लिएका हुन् । यसका लागि मन्त्रालयका पदाधिकारीहरूले प्राविधिक टोली सँग संयुक्त हस्ताक्षर गरेका छन् ।

दुबै ल्ल्याण्डफिल साइटका स्थानीयले भदौ १ गते देखि सधैँका लागि उपत्यकाको फोहोर ढुवानी बन्द गर्ने घोषणा गरेका थिए । मन्त्रालयको निर्णय सँगै तत्काल आन्दोलन फिर्ता लिएको बञ्चरेडाँडा ल्यण्डफिलसाइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समिति धादिङ–नुवाकोटका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए । उनले सिसडोल–बञ्चरेडाँडा ल्यण्डफिल साइट प्रभावित कोल्पुखोला आधारक्षेत्रका नागरिकको जिउधन र वातावरण रक्षाको लागि सरकारले ऐतिहासिक निर्णय गरेको प्रतिक्रिया दिएका छन् ।

मन्त्रालयको निर्णयानुसार प्राविधिक टोली भदौ १ गतेदेखि प्रभावित क्षेत्रमा खटिनेछ । “भदौ १ गतेदेखि नै सधैँका लागि फोहोर बन्द गर्ने घोषणा गरेका थियौँ । मन्त्रालयको निर्णय सँगै आन्दोलन फिर्ता लिएका छौँ । तर, रचनात्मक आन्दोलन निरन्तर रहनेछ,” उनले भने, “आज पनि स्थानीयको आन्दोलन जारी छ ।” लामो समय चुप लागेका बसेका स्थानीयले आजभोलि आन्दोलन जारी राख्नु स्वभाविक रहेको ढुंगाना बताउँछन् । स्थानीय नागरिकको समस्यालाई मध्यनजर गर्दै तत्काल आन्दोलन मत्थर पार्न सरकार सँग उनको आग्रह छ ।

सरकार प्रभावित क्षेत्रको दीर्घकालीन समाधानमा दृढ रहेकाले काठमाडौं उपत्यकाको समस्या समाधानमा काठमाडौं महानगरपालिलाई आफ्नो कर्तव्य बाट बिचलित नहुन ढुंगानाले सुझाएका छन् । प्रभावित क्षेत्रका गाउँ–गाउँमा गन्धनिरोधक औषधि र स्वास्थ्यका सन्दर्भमा दैनिक कर्तव्यनिष्ठ हुन मेयर बालेन्द्र शाहलाई समितिले ध्यानाकर्षण गराएको छ ।

स्यानिटरी ल्याण्डफिल साइटका सहायक ईन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार आज बिहानैदेखि फोहोर उठ्न सुरु भएको छ । आइतबार दिउँसो बाख्रालाई ठक्कर दिएको भन्दै र तिनपिप्ले सडकखण्डमा फोहोर बोकेका ट्रकहरूले बाटोमै फोहोर फालेको निहुँमा अवरोध गरेका थिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports