२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संघर्षरत कर्मचारीहरुले दोस्रो चरणको आन्दोलन सुरु गरे

884
shares

काठमाडौं ।निजामती सेवाका पदहरुको पदसोपान हेरी वैज्ञानिक तलबमान निर्धारण गर्न र कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै कर्मचारीहरुले आज देखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।

निजामती कर्मचारीहरुको संयुक्त ट्रेड युनियन सन्जाल आन्दोलन परिचालन समितिको नामबाट संघर्षरत कर्मचारीहरुले आज ‘पे कमिसन’ (तलब आयोग) मा ट्रेड आफ्ना प्रतिनिधि पनि समावेश गराउन माग गर्दै सामान्य प्रशासन मन्त्री र अर्थ मन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेका छन् । यद्यपि समय भने निश्चित नभएको आन्दोलन परिचालन समितिका सदस्य लोकेन्द्र चौलागाईंले बताए ।

विगतमा राजपत्रांकित तहमा भएको भनिएको तलब समायोजनलाई कायम राख्दै निजामती सेवाका पदहरुको पदसोपान हेरी वैज्ञानिक तलबमान निर्धारण गर्न ट्रेड युनियन सम्मिलित तलब आयोग गठन हुनुपर्ने कर्मचारीहरुको माग छ । साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकले तलब आयोग गठन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । यद्यपि तलब आयोग कसको नेतृत्वमा गठन भएको छ, त्यसका को-को छन् भन्ने खुलेको छैन ।

दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत नै कर्मचारीहरुले ‘कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन जारी गर’ भनी लेखिएको प्लेकार्ड छातीमा टाँसेर आज देखि कामकाज गर्दै छन् । आजदेखि भदौ २ गते सम्म यसैगरी कामकाम गर्ने उनीहरुले बताएका छन् । भदौ १ गते ४ बजे सबै राजनीतिक दलका सचेतकहरुसँग संघीय निजामती सेवा ऐनको मस्यौदा तथा ऐनमा समेटिनुपर्ने विषयमा संयुक्त छलफल गर्ने भदौ २ गते दोस्रो चरणको आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने उनीहरुले बताएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports