प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको आग्रह प्रधानमन्त्री देउवाले अस्वीकार गरे

507
shares

काठमाडौं ।जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको आग्रह प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम पठाएपछि भट्टराईले त्यसलाई रोक्न खोजेका थिए, तर प्रधानमन्त्री देउवाले भट्टराईको आग्रह अस्वीकार गरेका जसपा नेता गंगानारायण श्रेष्ठले बताए ।

यादवले आइतबार राति कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री राम सहायप्रसाद यादवलाई फिर्ता बोलाएर कृषिमा मृगेन्द्रप्रसाद सिंह, भौतिक पूर्वाधारमा मोहम्मद इस्तियाक राई र वन मन्त्रालयमा प्रदीप यादवको नाम पठाएका थिए ।

तर भट्टराईले त्यसमा आफ्नो सहमति नभएकाले मन्त्री नियुक्त नगर्न र शपथ नगराउन आग्रह गरेका श्रेष्ठले बताए । तर प्रधानमन्त्रीले नमानेपछि जसपा बाट सरकारमा गएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुका साथै पदभार ग्रहण समेत गरिसकेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports