भट्टराई पक्षले २९ र ३० गते बोलायो विस्तारित बैठक
वि.सं.२०७९ असार २० सोमवार १८:५०
shares

काठमाडौं ।फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षले विस्तारित बैठक बोलाएको छ ।
आगामी २९ र ३० गतेका लागि काठमाडौंमा विस्तारित बैठक बोलाइएको नेता गंगा नारायण श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष उपेन्द्र यादवले भने २७–२८ गतेका लागि वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । यो बैठकमा भट्टराई पक्ष भने सहभागी हुने छैन ।





































