प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मृगेन्द्रकुमार सिंहलाई मन्त्री बनाउन नमिल्ने भन्दै सर्बोच्चमा रिट निबेदन

1.03K
shares

काठमाडौं ।प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका मृगेन्द्रकुमार सिंह यादवलाई संविधानको मर्म र भावनाविपरीत मन्त्री बनाइएको भन्दै उनको नियुक्तिको खारेजी माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ ।

अधिवक्ता अनुपम भट्टराईले मंगलबार रिट निवेदन पेस गरेका हुन् । उक्त रिट निवेदन रुजु भइसकेको र समय अभावका कारण आज रसिद काट्न नभ्याइएको अदालत प्रशासन स्रोतले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार जसपाबाट तीन जनालाई मन्त्री नियुक्त गरेका थिए, जसमा मृगेन्द्र सिंह यादवलाई कृषि तथा पशुपन्छी विकास मन्त्रीका रुपमा नियुक्त गरिएको हो ।

संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य नहुने उल्लेख छ । यादव तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल बाट प्रतिनिधि सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ मा उम्मेदवार बनी पराजित भएका थिए । प्रतिनिधि सभामा पराजित भए पनि यादव पछि राष्ट्रिय सभा सदस्यमा चुनिएका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports