२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रले उपत्यका विशेष समिति बनाउने

1.11K
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रले पनि उपत्यका विशेष समिति बनाउने भएको छ । बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल कमलादीमा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपत्यका विशेष समिति बनाउने प्रस्ताव गरेका हुन् । उपत्यकामा संगठन विस्तारको काम गर्ने यो समितिमा सम्पर्क समन्वय समितिलाई पनि मिसाइने प्रचण्डले बताएका छन् ।

प्रचण्डले विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा देखिएको विवाद समाधानका लागि विशेष समिति बनाउने बताए । समितिले दिने प्रतिवेदनका आधारमा अघि बढ्ने र छिट्टै राष्ट्रिय सम्मेलन गर्ने समेत उनले बताएका छन् । अखिल क्रान्तिकारीमा अध्यक्ष पञ्चा सिंहले हालै मात्र केन्द्रीय कमिटीलाई पूर्णता दिएकी थिइन् । तर असन्तुष्ट समूहले समानान्तर समिति बनाएको छ ।

प्रचण्डले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा समिति बनाउने प्रस्ताव गरेका छन् । बैठकले केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन पास गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports