२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अख्तियारले विराटनगरकी निवर्तमान उपमेयर सहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

949
shares

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाकी निवर्तमान उपमेयर इन्दिरा कार्की सहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना उपर विशेष अदालतमा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर गरेको हो ।

मुद्दा दायर हुनेमा सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सव-इन्जिनियर मो. इफतेखार आलम, पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरे तथा वडा नं. १५ का तत्कालीन वडा अध्यक्ष असलम आलम छन् ।

उनीहरुले पोखरीमा पार्क निर्माण कार्यमा उपभोक्ता समिति बाट बास्तविक रुपमा भए गरेको कार्य भन्दा बढी नभए नगरेको कार्यसमेत नापी किताबमा चढाई उपभोक्ता समिति सँगको सम्झौता अनुसारका निर्धारित सर्त तथा मापदण्ड विपरीत ज्यामी द्वारा गर्नुपर्ने माटो फिलिङ्गको कार्य रोलर मेसिन द्वारा गराई उक्त कार्यलाई ज्यामी द्वारा गरेको भनी गैरकानूनी लाभ प्राप्त गर्ने बदनियतले कार्य सम्पन्न प्रतिवेदन तयार गरी महानगरपालिकामा पेश गरेको, झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी सो कागजातहरु स्वीकृत गरी १० लाख ५५ हजार ९७९ रूपैयाँ ४८ पैसा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports