२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओबादीको भ्रम टुट्यो भन्दै माओवादी नेता एमालेमा प्रवेश

793
shares

कञ्चनपुर ।नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता सो पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन । माओवादी सुदुरपश्चिम प्रदेश कमिटीका सदस्य कृष्णसिंह धामी (हिमाल) हिजो एमालेमा प्रवेश गर्नुभएको हो ।

माओवादी कम्युनिष्ट आन्दोलन बिरोधी शक्तिको मोहरा बनेको र राष्ट्रियताको मामिलामा समेत जस्तो सुकै घात गर्न पछि नपर्ने प्रबृत्ति देखिएको भन्दै धामी एमाले प्रवेश गर्नुभएको हो । उहाँलाई नेकपा एमालेका नेता गणेशसिंह ठगुन्नाले पार्टीमा स्वागत गर्नुभएको छ ।

धामी जिल्ला समन्वय समिति दार्चुलाका निवर्तमान उपप्रमुख समेत हुनुहुन्छ । मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीका बिश्वास पात्र मानिनु हुने कृष्ण शहीद परिवारका सदस्य समेत हुनुहुन्छ ।

धामीले माओवादी बाट अव मुलुकको समृद्धि र जनताको सपना पूरा नहुने निश्कर्षमा पुगेकोले सो कामका लागि एमाले नै सही रहेको बताउनु भएको छ । पछिल्लो केही बर्षका गतिबिधि हेर्दा माओवादी प्रतिको भ्रम टुटेको पनि उहाँले बताउनु भयो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports