kumari
stcnepal

अल ताक्वेत ओभरसिजमा वैदेशिक रोजगार विभागको छापा

काठमाडौं ।वैदेशिक रोजगार विभागले एक मेनपावर कम्पनीमा छापा मारेको छ । कतार प्रहरीमा भर्ना खुलेको भन्दै विज्ञापन निकाल्ने अल ताक्वेत ओभरसिजमा विभागले छापा मारेको हो ।

अल मेनपावर बाट विज्ञापन सम्बन्धी महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको विभागका निर्देशक डम्बर बहादुर सुनुवारले जानकारी दिए । ओभरसिजको नाममा साउन २५, भदौ १ र २ गते अन्तर्वार्ताको मिति समय तय गरिएको थियो ।

अल मेनपावरले विभिन्न व्यक्तिहरु बाट १५ लाख रुपैयाँ सम्म उठाइरहेको भन्ने सूचना आएपछि छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिइएको निर्देशक सुनुवारले बताए । अन्तर्वार्ताको लागि होटल हायातामा हल बुकिङ गरिएको थियो ।

 

 

footer