फोहोर व्यवस्थापन लगायत अन्य साझा समस्याको दीगो व्यवस्थापन गर्न काठमाडौं महानगरले नेतृत्व लिनुपर्ने स्थानीय तहका जनप्रतिनिधिहरुको प्रस्ताव
वि.सं.२०७९ असार २७ सोमवार १५:३३
shares

काठमाडौं ।काठमाडौं उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरुले फोहोरमैलाको दीगो व्यवस्थापनका लागि महानगरले नेतृत्व लिनु पर्नेमा जोड दिएका छन् ।
राष्ट्रियसभा गृहमा सोमबार बसेको उपत्यकाका स्थानीय तहका प्रमुखहरु सहभागी संयुक्त बैठकमा उनीहरुले फोहोर व्यवस्थापन लगायत अन्य साझा समस्याको दीगो व्यवस्थापन गर्न काठमाडौं महानगरले नेतृत्व लिनुपर्ने प्रस्ताव राखेका हुन् ।
ट्राफिक व्यवस्थापन, खानेपानी र ढल निकास जस्ता समस्याको विषययहरुमा संयुक्त समाधान आवश्यक रहेको भन्दै उनीहरुले यसका लागि सघाउन आफूहरु तयार रहेको बताएका छन् ।



































