प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित
वि.सं.२०७९ असार ३१ शुक्रवार १६:५७
shares

काठमाडौं ।प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालले १४८ मत पाइन् ।
२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिले सम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो । अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ साल देखि राजनीतिमा आवद्ध छिन् ।





































