धनगढीका मेयरको उदाहरणिय कार्य
वि.सं.२०७९ असार ३२ शनिवार ०७:५४
shares

काठमाडौं ।धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नगर विकास समिति बाट अध्यक्ष र सदस्य सचिवले प्राप्त गर्ने मासिक भत्ता खारेज गराएका छन् ।
नगर विकास समितिको हिजो बसेको वैठक बाट भत्ता खारेज गरिएको हो । समिति बाट अध्यक्षले मासिक १५ हजार र सदस्य सचिवले ६ हजार रुपैयाँ मासिक भत्ता पाउँदै आएका थिए । धनगढी उपमहागरपालिकाका मेयर समितिको अध्यक्ष हुन्छन् भने प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने प्रावधान छ । भत्ता खारेज गरेर मेयर हमालले आफ्नै सुविधामा कैंची लगाएका हुन् ।
हमालले गत स्थानीय चुनावमा धनगढी बाट स्वतन्त्र उम्मेदवारी दिएर जित हासिल गरेका थिए । कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई झण्डै दोब्बर मतले उनले हराएका हुन् । २०७४ सालको चुनावमा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए, तर पराजित भएका थिए । विगतमा उनी विवेकशील साझा पार्टीका सुदुरपश्चिम प्रदेश संयोजक थिए ।





































