संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरु
वि.सं.२०७९ असार ३२ शनिवार १४:४८
shares

काठमाडौं ।बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश बारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरु गरेको छ ।शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेट देखिका सीसीटीभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो ।
‘बजेट निर्माण प्रक्रिया सँग सम्बन्धित रहेर हामीले अनुसन्धान गरिरहेका छौं । हामी अहिले अर्थ मन्त्रालय देखिको मूल ढोका देखि त्यहाँ जडान गरिएका सीसीटीभीका फुटेजमा नै केन्द्रित छौं’ समितिका सचिव अर्यालले भने । शनिबार राजश्व विभाग र भन्सार विभागका महानिर्देशक सँग छलफल गरेको र शनिबार नै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थसचिव सँग पनि छलफल गर्ने कार्यक्रम रहेको उनले बताए ।
अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरु सँग शनिबार नै छलफल गर्ने कार्यतालिका रहेको पनि उनले बताए ।





































