कांग्रेसको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री द्वयले सभापति देउवाले एकलौटी निर्णय गरेको भन्दै आलोचना
वि.सं.२०७९ असार ३२ शनिवार १७:५६
shares
sf7df8f}F, @* df3 . k|wfgdGqL Pj+ g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjfsf] cWoIftfdf z'qmaf/ nlntk'/l:yt ;fg]kfdf a;]sf] g]kfnL sfFu|]; s]Gb|Lo sfo{ ;Dkfbg ;ldltsf] a}7sdf ;xefuL . t:jL/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको भन्दै आलोचना गरेका छन् ।
शनिबार बैठकमा बोलेका उनीहरुले देउवाले भ्रातृ संगठनहरु नेविसंघ र तरूण दल गठन गर्दा नेता शेखर कोइराला सँग सामान्य छलफल समेत नगरिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरूण दलको अध्यक्षमा विद्वान गुरूङलाई मनोनित गरेका थिए । सहमहामन्त्री बद्री पाण्डेले पार्टीको ४० प्रतिशत हिस्साको प्रतिनिधित्व गर्ने नेता शेखर सँग छलफल नै नगरिएको बताए ।
अर्का सहमहामन्त्री परियारले भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्दा सभापति देउवाले एकलौटी गरेको भन्दै आलोचना गरे । गत आइतबार सुरु केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ । शनिबार मन्त्रीहरुले बोलेपछि पदाधिकारीहरुले बोल्न सुरु गरेका छन् ।





































