२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्तारुढ नेताहरुले सही विचारका लागि गठबन्धन गर्न ओलीको आग्रह

1.33K
shares

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेताहरुले सही विचारका लागि गठबन्धन गर्न आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी तालमेलमा जोड दिएका थिए । त्यसका लागि  आत्मसमीक्षा गर्न सबै तयार हुनुपर्ने उनले बताएका थिए ।

जसपा अध्यक्ष उपेन्द्र यादव र कांग्रेस नेता चन्द्र भण्डारीले पनि विदेश नीतिमा प्रश्न उठाएका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका ओलीले आयोजकले गठबन्धनका राम्रा नेताहरुलाई छानेर ल्याएको टिप्पणी गरे । उनले नेताहरुलाई भने, ‘जे भनेपनि ताली बजाउने गरेर मात्र भएन, गठबन्धन भित्र सहीका लागि लड्नुपर्‍यो । लड्ने मात्र होइन, विचार व्यक्त गरेर छाड्ने मात्र होइन, एउटा नेताका हिसाबमा तपाईंहरुको कर्तव्य हुन्छ कि आफ्नो विचारमा आफ्नो पार्टी र गठबन्धनलाई पुर्‍याउने ।’

‘गठबन्धनलाई सक्नुहुन्न भने पार्टीलाई पुर्‍याउनुपर्‍यो । पार्टीलाई पुर्‍याउनु हुन्न र विचार मिल्दैन भने त्यो पार्टीमा किन हुनुहुन्छ तपाईंहरु ? पार्टी त तपाईहरु जहाँ अल्झिरहनुभएको छ, त्यो मात्र छैन होला नि ?’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports