२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज प्रचण्डको सत्तारुढ भाजपाका अध्यक्ष जेपी नड्डा सँग भेटवार्ता गर्ने कार्यक्रम

1.03K
shares

काठमाडौं ।भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज पनि राजनीतिक भेटघाट जारी राख्दैछन् । उनले आज सत्तारुढ भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम छ । भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रबार देखि प्रचण्ड भारत भ्रमणमा छन् ।

गत शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सँग भेटवार्ता गरेका प्रचण्डले शनिबार भारतीय विदेश सचिव एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले सँग भेटवार्ता गरेका थिए । विदेश सचिव एस जयशंकरले प्रचण्ड सँगको भेट फलदायी भएको जानकारी ट्वीटर मार्फत् दिएका छन् ।

त्यसअघि शनिबार बिहान नयाँदिल्ली स्थित नेपाली राजदूतावासले आयोजना गरेको ‘ब्रेक फास्ट’ बैठकमा प्रचण्ड सहभागी भएका थिए । सोही बैठकमा प्रधानमन्त्री पत्नी आरजु राणा सँग पनि उनको भेट भएको थियो । प्रचण्डले आइतबार अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गर्ने तयारी छ । सोही दिन उनी स्वदेश फर्किनेछन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports