माधव नेपाल सहितका केही नेताहरु एमालेमा नफर्किने पक्का
वि.सं.२०७८ असार १८ शुक्रवार ११:५०
shares
Madhav Kumar Nepal photo:Kiran Panday
काठमाडौ । सत्ताधारी दलहरु नेकपा एमालेभित्रको विवादको अन्त्य गर्न माधव नेपालको माग अनुसार नेकपा एमालेलाई २०७५ साल जेष्ठ २ गते अघि कै अवस्थामा फर्काउने निणर्य नेकपा एमालेको केन्द्रीय समितिले गरेको छ । नेकपा एमालेले केही महिना अघि केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेको थियो । तर माधव नेपाल समुहले त्यस्को विरोध गर्दै नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएको २०७५ जेष्ठ ३ अघिकै अवस्थामा पार्टीलाई फर्काउनुपर्ने माग गर्दै आएको थियो । अव महाधिवेशन आयोजक कमिटी स्वत खारेज भएको छ । माधव नेपाल समुहले भने एकातिर आयोजक कमिटी खारेज गर्न निणर्य गर्ने तर अर्को तिर त्यही कमिटीको वैठक गर्ने भन्दै त्यसलाई विरोधाभाष निणर्य भन्दै माधव समुहले विरोध गरेको छ । एमालेले वुधवार महाधिवेशन आयोजक कमिटीलाई पदाधिकारी सहितको केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । उक्त कमिटीमा माओवादी केन्द्रवाट नेकपा एमालेमा प्रवेश गरेका रामवहादुर थापा, टोपवहादुर रायमाझी, लेखराज भट्ट र मणिचन्द्र थापालाई समेटेर उनीहरुलाई स्थायी कमिटीको सदस्य वनाईएको छ भने पार्टी अध्यक्ष केपी ओली पक्षका रघुबीर महासेठ, विष्णु रिमाल र माधव नेपाल समुहका तर्फवाट वेवुराम भुषाल र रघुजी पन्तलाई समेत स्थायी कमिटीको सदस्यमा थपिएको छ । माओवादी केन्द्रबाट आएका थापासहितका नेताहरुलाई २०७७ फागुन २८ गतेका निणर्यवाट केन्द्रीय कमिटीको सदस्य वनाइएको थियो । माधव समुहले त्यसवेला पनि एकलौटी ढंगले निणर्य गरेको भन्दै त्यस्को विरोध गर्दै आएको थियो । भने पार्टीलाई २०७५ जेष्ठ २ गते अघिकै अवस्थामा फर्काउन पर्ने अडानमा माधव समुह रहेको छ ।
पार्टीलाई २०७५ जेष्ठ २ गते अघिकै अवस्थामा फर्काए पनि माधव समुहले त्यसलाई जालझेल र अल्मल्याउने निणर्य गरको भन्दै त्यस्को समेत विरोध गरेको छ । माधव समुहले एक पक्षिय ढंगले गरेको गरेको निणर्यहरु आफुहरुलाई मान्य नहुने भन्दै आएको छ । महाधिवेशन कमिटी खोज गरी केन्द्रीय समितिमा रुपान्तरण गरी केन्द्रीय समितिको वैठक आज १८ गतेका लागि वोलाईएको भएपनि माधव नेपाल सहितका केही नेताहरु केन्द्रीय समितिको वैठकमा उपस्थित नहुने भएका छन् । नेकपा एकालेका दोस्रो तहका केही नेताहरु जसरी भएपनि पार्टी एकहुन पर्ने पक्षमा रहेका भएपनि माधव नेपाल भने अव नेकपा एमालेमा वस्न नसकिने भन्दै आउनुभएको छ । बोलीमा आफु पार्टी एकता कै पक्षमा रहेको वताउदै आउनुभएका नेता नेपालको व्यवहार भने पार्टी एकताको पक्षमा नदेखिएकाले गर्दा उनी नेकपा एमालेमा फर्किन सक्ने सम्भावना न्यून रहेको छ । माधव समुहको दोस्रो तहका केही नेताहरु भने नेकपा एमालेमा फर्किन सक्ने अवस्थामा रहेका छन् । सर्वोच्च अदालतले केही समय अघि दिएको आदेश अनुसार नेकपा एमालेले महाधिवेशन कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्न वाध्य भएको थियो । सर्वोच्च अदालतले नेकपा एमालेको विधान अनुसार महाधिवेशन आयोजक कमिटीलाई नेकपाले नचिन्ने भन्दै त्यसलाई खारेज गरी दिएको थियो । त्यस विषयमा नेकपा एमाले भ्याकेटमा गपनि अदालतको आदेशलाई स्वीकार गर्दै महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेर नेकपा एमालेले अदालतको आदेशलाई स्वीकार गरेको छ । अदालतले महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटी सरह नहुने आदेश दिएका थियो ।
माधव नेपाल समुहले अवैधानीक महाधिवेशन कमिटिवाट केन्द्रीय सदस्य वनाउने स्थायी कमिटी बनाउने निणर्य हुनु नै आपत्तिजनक भएको वताउदै आएको थियो । एमालेको पूर्व अवस्थामा २ सय ४१ सदस्यय केन्द्रीय कमिटी रहेको थियो । माधव समुहले २०७५ जेष्ठ २ सम्ममा २ सय ३ केन्द्रीय कमिटी नै कायम हुनुपर्ने वताउदै आएको छ । यदि त्यो कमिटीलाई मान्यता दिएको खण्डमा माधव नेपाल केन्द्रीय समितिमा वहुमत पक्षमा छ । त्यही कारण उनले २ सय ३ केन्द्रीय कमिटी नै कायम हुनुपर्ने माग गरिरहेका छन् । केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको महाधिवेशन आयोजक कमिटीमा रहेका पूर्व माओवादीको नेताहरु समेत समेटिने छन् । माधव समुहले माओवादीवाट आएका नेताहरु वाहेकका वैठक वसेर उनीहरुका वारेमा निणर्य गर्नुपर्ने माग गर्दै आएको थियो । महाधिवेशन आयोजक कमिटि २ सय ६४ सदस्यीय थियो । त्यसमा रहेका केही नेताहरु राजतिनिक नियुक्तिमा गएका र केहीको निधन भएकाले केन्द्रीय कमिटी २ सय ६१ सदस्यीय रहेको छ । संस्थापक पक्षका अनुसार माधव नेपाल पक्षले उठाएका मागलाई सम्वोधन गर्दै २ सय ४१ सदस्यीय केन्द्रीय कमिटी व्यूँताएको र त्यसमा माओवादीवाट आएकालाई समेत समेटीएको वताउँदै आएको छ ।
अव आज वस्ने केन्द्रीय कमिटीमा माओवादीवाट आएका नेताहरुको समेत उपस्थित हुने भएको छ । माओवादीवाट आएको नेताहरु केपी ओली पक्षमा भएका हुनाले केन्द्रीय कमिटीमा माधव समुह अल्पमतमा पर्ने भएपछि उनीहरुले माग माथी माग थप्दै जाने रणनिति लिएको जस्तो दखिएकाले गर्दा माधव समुह नेकपा एमालेमा फर्किन सक्ने सम्भावना न्यून रहेपनि अन्य केही नेताहरुलाई भने नेकपा एमालेमै फर्किन सक्ने सम्भावना रहेको छ । यसअघि माधव समुहका केही नेताहरुलाई गरिएका कारवाही निष्कृय भएपछि पार्टी एक हुने सम्भावना वढेको भएपनि त्यस्ता देखिएको छैन । त्यसले गर्दा नेकपा एमाले एकीकृत हुने नहुने मै दुविधा उत्पन्न भएको छ ।





































