kumari
stcnepal

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे सँगै भारत बाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे सँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । निगमका अनुसार शनिबार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ ।

भारत बाट इन्धनको मूल्य घटेर आए पनि उपभोक्तालाई भने तत्काल सो अनुरुप लाभ नमिल्ने भएको छ । आईओसीले अहिले घटाएर पठाए पनि यसअघिको नोक्सानीको असर परिरहेकाले नेपालमा तत्काल तेलको मूल्य नघट्ने निगमका एक अधिकारीले बताए । नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । सो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकार बाट करिब १० अर्ब ऋण लिँदैछ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर आसपासमा झरेको छ । एक महिनाअघि प्रति ब्यारेल १२० डलर भन्दा माथि थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे सँगै निगमलाई केही राहत मिलेको छ ।

 

 

footer