प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदीय विशेष छानबीन समितिलाई अर्थमन्त्रालयले दिएन जेष्ठ महिनाको सिसी टिभी फुटेज

520
shares

काठमाडौं। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिलाई अर्थ मन्त्रालयले बजेट निर्माणको नभइ अर्कै महिनाको सीसीटीभी फुटेज उपलब्ध गराएको छ। बजेट निर्माणका क्रममा गत जेठ १४ गते मध्यराति अनधिकृत व्यक्तिहरुलाई प्रवेश गराएर करका दर हेरफेर गराएको विषयमा छानबिनगर्न बनेको समितिलाई अर्थ मन्त्रालयले शुक्रबार सीसीटीभी फुटेजको हार्ड डिस्क दिएको थियो।

तर, उक्त हार्ड डिस्कलाई शुक्रबार र शनिबार हेर्दा असार महिनाको पाइएको हो । अर्थमन्त्री शर्माले बजेट भाषण गर्नु अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिहरुलाई मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेरगरेको आरोपपछि राजीनामा दिनु परेको थियो ।सोही विषयमा बनेको संसदीय विशेष छानबिन विशेष समितिले जेठ महिना भरको सीसीटीभी फुटेज मागेको थियो। तर अर्थमन्त्रालयले असारको फुटेज सहितको हार्डडिस्क दिएको हो ।

अर्थमन्त्रालयले सूचना माग्न गएका एक व्यक्तिलाई सीसीटीभी फुटेज डिलिट भएको जवाफ दिएको थियो। अर्थमन्त्री शर्माको योजनामा फुटेज मेटाइएको भन्दै संघीय संसदले छानबिन समिति बनाएको हो। तर, उक्त समितिलाई पनि जेठको हार्ड डिस्क उपलब्ध गराएको छैन।’हामीले मागेको जेठ महिना भरको थियो, तर, अर्थमन्त्रालयले असार महिनाको दिएको छ,’ समितिका एक सदस्यले भने, ‘बजेट निर्माणमा जेठ १४ गते असम्बन्धित व्यक्ति प्रवेश गरेको भन्ने छ।’

छानबिन विशेष समितिले शनिबार अर्थसचिव, राजस्व सचिव, मन्त्रालयका विभिन्न विभागका महानिर्देशक सँग बयान लिएको छ। तर, अहिलेसम्म समितिले कुनै महत्वपूर्ण क्लु पाउन सकेको छैन। गत असार २२ गते गठन भएको विशेष समितिमा एमालेबाट ४, कांग्रेस, माओवादी केन्द्रबाट २/२, नेकपा एकीकृत समाजवादी, जनतासमाजवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा) बाट १/१ गरी ११ जना छन्। समितिलाई १० दिनको समयदिइएको छ। समितिको समय भित्र काम नहोस भनेर फुटेज नै नदिइएको हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports