प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोभिड संक्रमणमा केही वृद्धि भएपनि त्यसलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको स्वास्थ्यमन्त्री खापुङको दाबी

754
shares

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले कोभिड संक्रमणमा केही वृद्धि भएपनि त्यसलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएका छन् । कोभिड महामारीको संक्रमण पछिल्लो समय बढेर गईरहँदा मन्त्री खापुङले त्यसलाई नियन्त्रण गर्न नेपाल सरकार सक्षम रहेको दावी गरेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कोभिड विरुद्धको खोप लगाउन छुटेकाहरुलाई नजिकको स्वास्थ्य संस्थामा गई लगाउन पनि आग्रह गरे ।

त्यस अवसरमा मन्त्री खापुङले कोभिड महामारीको दरमा पछिल्लो समय केही वृद्धि भएको उल्लेख गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर त्यसको संक्रमण बाट बच्न पनि सबैलाई आह्वान गरे । उनले भने, ‘म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सरकारले घोषणा गरेको स्वास्थ्य मापदण्ड अपनाउनका लागि हार्दिक आह्वान गर्न चाहन्छु । अहिले सम्म ११ हजार, ९५२ जना नेपालीहरुको कोरानाको कारण मृत्यवरण गर्नु परेको छ । र, आगामी दिनमा कोरोना वृद्धि भएपनि हामी नियन्त्रण गर्न सफल हुनेछौं । र, यसका कारण एक जना पनिको पनि ज्यान जान नपाओस् भन्ने कुरामा सरकार सजग छ ।’

मन्त्री खापुङले कोभिडका कारण एक जनाको पनि ज्यान जान नदिन सरकार सजग रहेको पटकपटक दोहोर्‍याए । सरकारी तथ्याङ्क अनुसार हालसम्म नेपालमा कोभिडका कारण ११ हजार ९५३ जनाले ज्यान गुमाउनु परेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports