एक्लाएक्लै चुनावमा गएको खण्डमा माओबादी र नेकपा एसको हरिबिजोग हुने ठोकुवा गरे गृहमन्त्री खाँडले
वि.सं.२०७९ साउन ३ मंगलवार ०७:४०
shares

काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाणले संघ र प्रदेशमा एक्लाएक्लै चुनावमा जाँदा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको हरिबिगोज हुने तथ्यांक राख्नुभएको छ ।कांग्रेस केन्द्रीय समिति बैठकमा गृहमन्त्री खाणले गठबन्धन माओवादी र नेकपा एसका लागि अनिवार्य रहेको तथ्यांक राख्नुभएको हो ।
बैठकमा गृहमन्त्री खाणले प्रत्येक जिल्लाको सबै पार्टीको साङ्गठनिक शक्ति बारे बैठकमा रिपोर्ट पेश गर्नुभएको छ । गृहमन्त्री खाँणले सबै दल एक्ला एक्लै चुनावमा जाँदा प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ माओवादीले ८ सिट र नेकपा एकीकृत समाजवादीले एक सिट मात्रै जित्ने ठोकुवा गर्नुभएको छ । यसैगरी राप्रपा, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि एक एक सिट जित्न सक्ने गृहमन्त्रीले रिपोर्ट पेश गर्नुभएको छ ।
गृहमन्त्री खाणले सवै दल एक्ला एक्लै जाँदा कांग्रेसले ८० सिटको हाराहारीमा जित्ने र नेकपा एमालेले ५७ सिट ल्याउने दावी गर्नुभएको छ ।यस्तै जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले गरी १६ सिट जित्ने गृहमन्त्रीले बताउनु भएको ती नेताको भनाई छ ।






































