प्रेस युनियनको निर्वाचन संस्थापन पक्ष बाट अनिता बिन्दु उम्मेदवार
वि.सं.२०७९ साउन ३ मंगलवार १३:४४
shares

काठमाडौं ।नेपाली कांग्रेस संस्थापन पक्षले अनिता विन्दुलाई प्रेस युनियनको अध्यक्ष पदको उम्मेदवार बनाउने भएको छ । साउन ६ र ७ गते हेटौँडामा हुने नवौँ महाधिवेशनमा कांग्रेसको संस्थापन पक्षले विन्दुलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
संस्थापन पक्षले गठन गरेको पाँच सदस्यीय कार्यदलले मंगलवार अनिता विन्दुको नाम टुंगो लगाएको हो । संस्थापन पक्षले उम्मेदवारको टुंगो लगाउन अध्यक्ष बद्री सिग्देल सहित समिरजंग शाह, सुरेश आचार्य, रमेश विष्ट र नवराज लम्साल रहेको कार्यदल बनाएको थियो ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सँगको परामर्शपछि विन्दुलाई अध्यक्षमा अघि बढ्न कार्यदलले सिग्नल दिएको छ । सरोज अधिकारी लगायतले पनि संस्थापन पक्ष बाट उम्मेदवार बन्ने तयारी गरेका थिए ।
नेपाल पत्रकार महासंघको पूर्वउपाध्यक्ष समेत रहेकी अनिता विन्दु नेपाल टेलिभिजनमा कार्यरत छन् ।



































