प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गम्भिर उजुरी परेपछि छानविनका क्रममा न्यायाधीश श्यामसुन्दर अधिकारी सर्वोच्च तानिए

624
shares

काठमाडौं  न्यायपरिषदले बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई सर्वोच्च अदालतमा तानेको छ । केही गम्भिर उजुरी परेपछि छानविनका क्रममा अधिकारी सर्वोच्च अदालत ताएिका हुन् । ‘उहाँ माथि केही गम्भिर उजुरीहरु छन्, पटकपटक आर्थिक स्वार्थ र लेनदेनको कारण न्यायसम्पादन प्रभावित पारेको आरोपमा उहामाथि उजुरी परेको हो,’ परिषद स्रोतले भन्यो, ‘यसपालि पनि त्यही आरोप माथि छानविनको सिलसिलामा झिकाइएको हो ।’

अधिकारी माथि सर्वोच्च अदालतले नै न्यायसम्पादनमा सचेत नभएको र यान्त्रिक बनेको भनी टिप्पणी गरेको थियो । बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनी माथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको’ आरोप लागेको थियो । २८ असोज २०७८ मा सर्वोच्च अदालतले नै उनी माथि प्रश्न उठाएको थियो ।

अधिकारी माथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि छ । उनको खातामा शंकास्पद रुपमा ८ लाख रुपैयाँ भेटिएको थियो । त्यति बेलै न्यायाधीश सपना प्रधान मल्लको इजलासले बर्खास्तीको सिफारिस गरेको थियो । तर कार्यान्वयन भएको थिएन । न्यायपरिषद स्रोतले भन्यो, ‘उनले पूर्व प्रधानन्यायाधीश दामोदर शर्मालाई प्रयोग गरी प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई प्रभावित पारेर प्रतिवेदन कार्यान्वयन भएन ।’ त्यसपछि अधिकारी कालिकोट र पछि बाँकेमा सरुवा भएका थिए । उनी माथि अन्य अदालतमा रहँदा समेत कतै बाट प्रभावित भएर न्यायसम्पादन गरेको भनी उजुरी परेको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports