भक्तपुरमा रुख ढलेर बसलाई किच्दा १६ जना घाइते
वि.सं.२०७९ साउन ८ आइतवार १४:०२
shares

भक्तपुर ।भक्तपुरमा रुख ढलेर बसलाई किच्दा १६ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको भक्तपुरका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले जानकारी दिए ।
सल्लाघारी चोङा गणेशमा वनको रुख सडकमा ढल्दा ठिमी बाट भक्तपुर दुधपाटी तर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटी बाट सल्लाघारी तर्फ जाँदै गरेको बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको थियो ।
घाइतेहरुको इवामुरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।






































