नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शिक्षक सेवा आयोगले शिक्षकको बढुवा सम्बन्धी कार्यविधि सार्वजनिक गर्यो

2.63K
shares

काठमाडौं ।शिक्षक सेवा आयोगले ‘कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने शिक्षक पदको बढुवा सम्बन्धी कार्यविधि, २०७९’ सार्वजनिक गरेको छ । आयोगले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा हुने बढुवा सम्बन्धी कार्यलाई नियमित, वस्तुगत र व्यवस्थित गर्ने उद्देश्यले शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ५३ को अधिकार प्रयोग गरी कार्यविधि तयार गरेको जनाएको छ ।

कार्यविधिले शैक्षिक उपाधिको अङ्क, तालिमको अङ्क गणना, सेवा अवधिको अङ्क गणना, कार्य सम्पादन वापतको अङ्क गणना, पुराना अभिलेखको मान्यता लगायतको आधारमा मूल्याङ्कन गर्ने व्यवस्थाहरु समेटेको छ । कार्यविधिले शिक्षक बढुवाको सिफारिस गर्ने र प्रमाणित गर्ने अधिकारी स्थानीय तह अनुसार तोकेको छ । शिक्षक बढुवाको सिफारिस प्रधानाध्यापकले गर्ने र शिक्षा अधिकृतले प्रमाणित गर्ने व्यवस्था गरिएको छ । त्यस्तै प्रधानाध्यापक वा सरह वा उपल्लो तह र श्रेणीको शिक्षकको सिफारिस शिक्षा अधिकृतले गर्ने र शिक्षा प्रमुखले प्रमाणित गर्ने व्यवस्था गरेको छ ।

कार्यविधिले कार्यसम्पादन मूल्याङ्कन गर्ने सुपरीवेक्षक र पुनरावलोकन समिति रहने व्यवस्था गरेको छ । शिक्षकको सुपरीवेक्षक प्रधानाध्यापक हुने र पुनरावलोकन समितिमा प्रधानाध्यापक, स्थानीय तहको शिक्षा हेर्ने प्रमुख र शिक्षा विकास तथा समन्वय इकाई प्रमुख हुने व्यवस्था गरेको छ । प्रधानाध्यापक वा सरह वा माथिल्लो तह र श्रेणीको शिक्षकको सुपरीवेक्षकमा स्थानीय तहको शिक्षा हेर्ने प्रमुख र पुनरावलोकन समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीयतहको शिक्षा हेर्ने प्रमुख र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रहने व्यवस्था गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports