नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ठगी आरोपमा बुटवलको कल सेन्टरमा प्रहरी छापा

546
shares

बुटवल ।ठगी गरेको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ बाट ७ सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्रेको छ । जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धान बाट भेटिएपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

चिनियाँ र भारतीय नागरिक समेतको लगानीमा खोलिएको यस कार्यालय बाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए । पक्राउ पर्ने युवा भने कार्यालयका कर्मचारी हुन् । उनीहरुले आफूहरु जब लिंक भन्ने संस्था मार्फत यहाँ काममा आएको बताएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports