बालुवाटारको दबावमा प्रधानमन्त्रीका स्वकीय सचिवका ज्वाइँ पहिलो वरियतामा एसएसपी बढुवा सिफारिस
वि.सं.२०७९ साउन ८ आइतवार १५:३५
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाइँ दिपेन्द्र कुँवर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । दुई नम्बर ज्येष्ठतामा क्रममा राखेर आइतबार गृह मन्त्रालयले उनलाई बढुवा गरेको हो ।
हाल १ नम्बरमा बढुवा भएका प्रविण कँडेल नेपाल प्रहरी बाट स्थान्तरण भएर आएका अधिकृत हुन् । त्यसैले कुँवर आफ्नो ब्याचमा एक नम्बरमा उक्लिएका छन् । कुँवर कायम मुकायम एसएसपी र प्रहरी उपरीक्षक (एसपी) हुँदा ११ नम्बरमा थिए । सशस्त्र प्रहरी निरीक्षकका रुपमा भर्ना हुँदा पनि उनी ७५ जनामा अन्तिम पाँचमा थिए ।
स्रोतका अनुसार उनलाई १ नम्बरमा बढुवा सिफारिस गर्न गृहमन्त्री बालकृष्ण खाण पनि सकरात्मक थिएनन् । तर बालुवाटारको दबावमा उनी शीर्ष स्थानमा बढुवा सिफारिसमा परेका हुन् ।






































