२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेका सांसदहरु मदन भण्डारीको नाममा ऐन बन्नै लाग्दा अनुपस्थित

1.13K
shares

काठमाडौं ।आइतबार संघीय संसदले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन’ बनाउँदै थियो । तर, मदन भण्डारीका काम कारबाहीलाई देखाएर राजनीति गर्दै आएका नेकपा एमालेका सांसदहरु नै अनुपस्थित हुँदा ऐन बन्ने अन्तिम चरणको संसदीय प्रक्रिया नै रोकिन पुगेको छ । मदन भण्डारीलाई ‘आदर्श’ व्यक्तिका रुपमा चित्रित गर्दै यो विधेयक तत्कालिन केपी ओली नेतृत्वको सरकारले १२ साउन २०७६ मा ल्याएको थियो । जसलाई संघीय संसदका दुबै हाउस (प्रतिनिधि सभा र राष्ट्रिय सभा)ले पारित गरिसकेको छ ।

आइतबार प्रतिनिधि सभाले राष्ट्रिय सभामा भएको संशोधन स्वीकार गरेर सभामुख हुँदै राष्ट्रपति कहाँ प्रमाणीकरणका लागि पठाउने तयारी गरेको थियो । तर, अन्तिम चरणको प्रक्रियामा गणपुरक संख्या नपुग्दा अगाडि बढ्न सकेन । प्रतिनिधि सभामा एमाले एक्लैको ९८ जना सांसद छन् । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक पारित गर्न लाग्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपुरक संख्या यकिन गर्न माग गरे । सांसद संख्या गन्दा जम्मा ५७ जना सांसद उपस्थित थिए ।

गणपुरक संख्या नपुगेपछि सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधिसभाको दुई दिनका लागि स्थगित गरिदिए । प्रतिनिधि सभाको अर्को बैठक साउन १० गते मंगलबार दिउँसो एक बजे बस्नेछ । अर्थात, मदन भण्डारीको नाममा बन्नै लागेको कानुन एमालेकै सांसद अनुपस्थित हुँदा केही दिन पर धकेलिन पुगेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports