प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

५ करोड भन्दा बढी घुस लिएको आरोप लागेपछि डा. चौरासियालाई स्वास्थ्य राज्यमन्त्रीले बोलाए

637
shares

काठमाडौं ।स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियालाई आर्थिक अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर ताकेता गरिएको छ । ५ करोड भन्दा बढी घुस लिएको आरोप लागेपछि मंगलबार स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले पत्र लेखेर ५ बजे भित्र मन्त्रालय हाजिर हुन निर्देशन दिएका छन् ।

१० औं तहका डा. चौरासियाले १० अर्बको औषधी उपकरण खरिदमा व्यापक अनियमितता गरेको, ५० लाख रुपैयाँ लेनदेनमा सरुवा गरेको, ५ करोड भन्दा बढी घुस लिएको आरोप लागेको छ । यसैगरी, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको र ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको पत्र काटेर मन्त्रालयमा उपस्थित हुन निर्देशन दिइएको हो ।

‘आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोड भन्दा बढी घुस लिएको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको छ’, मन्त्रालयले काटेको पत्रमा भनिएको छ, ‘यस विषयमा मन्त्रालयको गम्भीर ध्यानकर्षण भएकोले वास्तविकता के भएको हो भन्ने विषयमा मन्त्रालय उपस्थित भई जवाफ दिन निर्देशन गराइन्छ ।’

विगत लामो समय देखि खरिद र आपूर्ति शाखामा रहँदै आएका डा. चौरासिया खरिद सँग जोडिएर पटक—पटक आर्थिक अनियमिततामा तानिँदै आएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports