मन्त्री श्रेष्ठको किर्ते धन्दाको पर्दाफास
वि.सं.२०७९ साउन ११ बुधवार ०८:५६
shares

काठमाडौं ।भूमि व्यवस्था तथा सहकारीमन्त्री शशी श्रेष्ठले कीर्ते काम गरेकी छन् । भूमिसुधार मन्त्रालय अन्तर्गत रहेको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्रीस्तरीय निर्णयमा नियुक्त गरेकी हुन् ।
सरकारी सेवा बाट दुई वर्षअघि मात्र सेवा अवकास पाएकी उर्मिला पोखरेललाई मन्त्री श्रेष्ठले सहोदर दाइ श्याम श्रेष्ठ सल्लाहकार रहेको विकल्प सहकारी सस्था बाट नक्कली अनुभव पत्र बनाउन लगाई नियुक्त गरेकी हुन् ।
मन्त्री श्रेष्ठले यसअघि पनि नक्कली प्रमाणपत्र भएका माधवप्रसाद तिमिल्सिनालाई सहकारी बोर्डको सदस्यमा नियुक्ति गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरि मुद्दा चलाएको छ ।





































