प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काभ्रेमा ९ जना डेंगुका संक्रमित

546
shares

काठमाडाैँ- काभ्रे जिल्लामा लामखुट्टेको टोकाइ बाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ। करिब महिनाअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। काभ्रेपलाञ्चोकमा तीन वर्षपछि गत असार दोस्रो साता पाँचखालमा भेटिएका डेङ्गु सङ्क्रमित जिल्ला बाहिरका हुन्। ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेङ्गु रोगको सङ्क्रमण भेटिएको थियो।

पाँचखालमा भेटिएका सङ्क्रमितको भने काठमाडौँ स्थित एक अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख डा. पुरुषोत्तम सेढाईंका अनुसार हालसम्म जिल्लाको तीन स्थानीय तहमा डेङ्गु रोगको सङ्क्रमण भेटिएको हो। ‘करिब एक महिनाको अवधिमा नौ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ, हामी रोगको स्रोतको सर्च एण्ड डिस्ट्रोय गर्ने अभियानमा छौँ’, सेढाईंले भने।

सङ्क्रमित नौ मध्ये काभ्रेपलाञ्चोकको धुलिखेलका तीन, पनौतीका दुई र बनेपाका एक हुन्। यस्तै, दोलखाका एक र सिन्धुपाल्चोकका दुई रहेको जनाइएको छ। काठमाडौँमा उपचाररत सङ्क्रमितको अवस्था गम्भीर रहेकाले आइसियुमा राखिएको सेढाईंले बताए। ‍यसैबीच जिल्ला स्वास्थ्य कार्यालय र नगरका स्वास्थ्य टिमले डेङ्गु सङ्क्रमणको स्रोत बारे स्थानीयस्तरमा अनुगमन गरिरहेको छ। साथै, सङ्क्रमितलाई निगरानीमा राखी उपचार तथा अन्य गतिविध बढाइएको कार्यालयले जनाएको छ।

‘सदरमुकाम धुलिखेललगायतको स्थानका डेङ्गु सङ्क्रमणको केसमा निकै गम्भीरतापूर्वक अनुसन्धान पनि गरिरहेका छौँ’, सेढाईंले भने। लामो समयपछि पाँचखालमा पहिलो डेङ्गुको सङ्क्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारमा लागिएको तथा स्वास्थ्यकर्मीलाई ‘हाई अलर्ट’मा बस्न भनिएको छ। डेङ्गुको सङ्क्रमणले महामारीको रूप नलियोस् भन्ने उद्देश्यले काभ्रेपलाञ्चोकको तीनै स्थानमा कार्यलयको र्‍यापिड टिमले अनुगमन तथा सम्भावित परीक्षण गर्ने जनाएको छ।

साथै, जिल्लास्थित सबै स्वास्थ्य संस्थामा डेङ्गु विरुद्धको कीट सहितको टोली समेत परिचालन गरिने योजना बनाइएको छ। काभ्रेपलाञ्चोकमा यसअघि २०७६ भदौमा ६ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो। एक्कासि उच्च ज्वरो आउने र पाँच देखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिजा बाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ। समयमै उचित उपचार नपाए बिरामीको मृत्यु समेत हुने गर्दछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports