नेपाल र बंगलादेश बीचको जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमाडौंमा सुरु
वि.सं.२०७९ साउन १२ बिहीवार १६:३८
shares

काठमाडौं ।नेपाल र बंगलादेश बीचको जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमाडौंमा सुरु भएको छ । बिहीबार बिहान १० बजेदेखि विज्ञ समूह सहितको संयुक्त बैठक सुरु भएको हो । बैठमा नेपालको तर्फ बाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सागर राईले नेतृत्व गरेका छन् भने बंगलादेशको तर्फ बाट जलस्रोत मन्त्रालयका सचिव कबिर विन अनवार सहभागी छन् ।
संयुक्त लगानीमा जलविद्युत् उत्पादन गर्ने विषयमा बैठक केन्द्रित छ । जलस्रोतको उपयोग गर्ने र बाढी नियन्त्रण गर्ने विषय पनि बैठकको एजेन्डाका रुपमा रहेको बैकठमा सहभागी एक नेपाली अधिकारीले बताए । जलवायु परिवर्तनको असर कम गर्ने, जलस्रोत उपयोगको अध्ययन र अनुसन्धान बढाउने र र जल तथा मौसम सम्बन्धी तथ्यांकहरूको आदान–प्रदान गर्ने विषयले पनि बैठकमा स्थान पाएका छन् ।
करिब एक दशकपछि नेपाल र बंगलादेशको ऊर्जा सचिवस्तरीय बैठक बसेको हो । सन् २००८ मा यो समितिको बैठक बसेको थियो ।




































