२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाको संघीयता खारेजीको माग गर्दै पोखराको पृथ्वीचोकमा विरोध प्रदर्शन

806
shares

पोखरा ।राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता खारेजीको माग गर्दै पोखराको पृथ्वीचोकमा विरोध प्रदर्शन गरेका छन् । नागरिकता विधेयक, एमसीसी र संघीयता खारेजी लगायत २२ बुँदे माग राख्दै राप्रपाले पृथ्वीचोकमा १० मिनेट चक्काजाम समेत गर्‍यो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएको र त्यसकै लागि पुनः सडकमा उत्रनु परेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । ‘हामीले उठाएका माग सरकारलाई बुझाउन र दबाव दिन सांकेतिक रुपमा चक्काजाम गरेका हौं’, उनले भने । चक्काजाम अघि आयोजित कोणसभामा बोल्दै राप्रपाको गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले नागरिकता विधेयक खारेज नभए नेपालको राष्ट्रियतामा खतरा पर्ने दाबी गरे ।

राप्रपाले असार १ गते महंगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजी लगायत माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको थियो । उक्त ज्ञापनपत्र बेवास्ता गरेको भन्दै रापप्राले यसअघि असार १७ गते देशैभरि राँके जुलुस समेत गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports