आरजु राणा भारत बाट स्वदेश फर्किइन्
वि.सं.२०७९ साउन १५ आइतवार १७:३६
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा आइतबार स्वदेश फर्किएकी छन् ।
स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकी आरजु आइतबार स्वदेश फर्किएकी भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले पुष्टि गरेका छन् । उनले ट्विटरट मार्फत आरजुको शुभयात्राको कामना गरेका छन् ।
भारतमा चिकित्सकले पाठेघर निकाल्न उपयुक्त हुने सुझाव दिएपछि पाठेघर निकालिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।




































